“चलचित्रकर्मी कल्याणकोष सञ्चालक समिति” को संयोजकमा अभिनेत्री झरना थापा तथा कोषको संरक्षकमा अभिनेत्री बसुन्धारा भुषाल मनोनित

चलचित्र विकास बोर्डको मिति २०७२।५।२८ गतेको निर्णयानुसार “चलचित्रकर्मी कल्याणकोष सञ्चालक समिति” को संयोजकमा नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि क्रियाशील रहदै आउनु भएकी बरिष्ठ अभिनेत्री झरना थापालाई मनोनयन गरिएको छ । साथै कोषको संयोजक रहँदै आउनु भएकी बरिष्ठ अभिनेत्री बसुन्धरा भुषाललाई “चलचित्रकर्मी कल्याणकोष सञ्चालक समिति” को संरक्षकमा मनोनयन गरिएको छ । नेपाल सरकारको सहयोग तथा विभिन्न चलचित्र सम्बन्धी सङ्घ संस्थाको सहयोग लिई चलचित्रकर्मी कल्याण कोष स्थापना भएको र यस कोषमा प्राप्त भएको रकमलाई अक्षयकोषमा राखी त्यसबाट प्राप्त व्याजबाट चलचित्रकर्मीहरुलाई आपत, विपत विरामी पर्दा सहयोग उपलब्ध गराउने तथा चलचित्रकर्मीहरुको निवृत्त जीवनको सामाजिक सुरक्षाको प्रत्याभूति दिने गरिएको छ । उक्त कोषबाट प्राप्त व्याज रकमवाट नेपाली चलचित्र क्षेत्रमा निरन्तररूपमा योगदान पु¥याउने (कलाकार, प्राविधिक, निर्देशक, चलचित्र लेखक, गीतकार, सङ्गीतकार, गायक, गायिक आदि) तथा आर्थिक स्थिति कमजोर भएका र चलचित्र क्षेत्रलाई मात्र आफ्नो कर्मथलो बनाई जीवनको लामो समय गुजारी हाल रोगसँग लड्दै अशक्त र असहाय हुनुभएका ६ (छ) जना चलचित्रकर्मीहरुलाई मासिकरूपमा रू. ५,०००।– (पाँचहजार रुपैयाँ) का दरले अशक्तवृत्ति उपलब्ध गराइँदै आइएको छ । साथै बिरामी तथा चलचित्रको छायाङ्कनको सिलसिलामा दुर्घटनामा परी घाईते हुन भएका चलचित्रकर्मीहरूलाई उपचार खर्च उपलब्ध गराउनुको साथै छायाँङ्कन कै क्रममा दुर्घटनामा परी मृत्यु हुने चलचित्रकर्मीको परिवारलाई समेत बोर्डले राहत तथा किरिया खर्च उपलब्ध गराउँदै आएको छ ।  
मनोनयन हुनु भएकोमा अभिनेत्रीद्वयलाई हार्दिक बधाई एवं कार्यकालको शुभकामना  !!

                                                                        Quick Contact

Film Development Board
GPO Box 4400
Chabahil, Kathmandu, Nepal
Tel.: +977 1 4812332, 4812387
Fax: +977 1 4812360
Email: fdbnepal@gmail.com
URL: www.film.gov.np