सम्माननीय राष्ट्रपति डा. रामबरण यादवज्यूबाट “राष्ट्रिय चलचित्र पुरस्कार तथा चलचित्र दीर्घ साधना सम्मान–२०७१” प्रदान ।

 

मिति २०७२ श्रावण १२ गते मंगलबारका दिन चलचित्र विकास बोर्डका अध्यक्ष श्री राजकुमार राईज्यूको सभापतित्वमा  आयोजित “राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान–२०७१” कार्यक्रम सम्माननीय राष्ट्रपति डा. रामबरण यादवज्यूको प्रमुख आतिथ्यतामा राष्ट्रपति भवन, शीतल निवासमा सम्पन्न भयो ।

 

उक्त कार्यक्रममा सम्माननीय राष्ट्रपतिज्यूबाट मिति २०७१ बैशाख १ गतेदेखि चैत्रमसान्तसम्ममा प्रदर्शन भएका नेपाली कथानक चलचित्रहरु मध्येबाट विविध ८ विधामा “राष्ट्रिय चलचित्र पुरस्कार” र नेपाल चलचित्र क्षेत्रमा निरन्तर योगदान दिनुभएका वरिष्ठ चलचित्रकर्मी नीर शाहलाई नगद रु. ३ लाख ५१ हजार १ सय ११ सहित “चलचित्र दीर्घ साधना सम्मान” प्रदान गरिएको थियो । नेपाली चलचित्र क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको उक्त कार्यक्रममा सूचना तथा सञ्चार मन्त्री श्री मिनेन्द्र रिजालज्यूको विशेष आतिथ्यता रहेको थियो भने सूचना तथा सञ्चार मन्त्रालयका सचिव श्री सुनिल बहादुर मल्लज्यूले स्वागत मन्तव्य राख्नु भएको थियो । चलचित्र छनौटका लागि बोर्डले गठन गरेको  निर्णायक मण्डलहरुमा राजेन्द्र शलभ, करिष्मा मानान्धर, हेमन्त वुढाथोकी, लोकेन्द्र पराजुली र दिपेन्द्र लामा रहनु भएको थियो ।
विभिन्न विधामा पुरस्कृत हुने चलचित्र र चलचित्रकर्मीहरुको नामावली यसप्रकार छ ।


उत्कृष्ट चलचित्र ः      कवड्डी
उत्कृष्ट चलचित्र निर्देशक ः निश्चल बस्नेत, चलचित्र टलकजंग भर्सेश टुल्के
उत्कृष्ट अभिनेता ः     दयाह्याङ राई, चलचित्र सम्बोधन
उत्कृष्ट अभिनेत्री ः     ऋचा शर्मा, चलचित्र टलक जंग भर्सेश टुल्के र
संगम विष्ट, चलचित्र लभ यू बाबा
उत्कृष्ट छायाँकार ः     शैलेन्द्र ध्वज कार्की , चलचित्र झिग्राना
उत्कृष्ट सम्पादन ः     निमेश श्रेष्ठ , चलचित्र झिग्राना
उत्कृष्ट लेखन ः     रामवावु गुरुङ र उपेन्द्र सुव्वा , चलचित्र कबड्डी
उत्कृष्ट आदिवासी जनजाति चलचित्र ः चलचित्र मतान

 

 

                                                                        Quick Contact

Film Development Board
GPO Box 4400
Chabahil, Kathmandu, Nepal
Tel.: +977 1 4812332, 4812387
Fax: +977 1 4812360
Email: fdbnepal@gmail.com
URL: www.film.gov.np